झापा, २५ भदौ २०८३ । झापा गाउँपालिकामा ट्युवेलमा भाँडा माझिरहेको अवस्थामा एकजना महिलालाई जवरजस्ती करणी भएको खुलेको छ ।
भदौ २० गते राति ९ बजे झापा गाँउपालिका वडा नं. ७ मदरगाछ टोल बस्ने बर्ष ३५ का सन्त गणेशले बर्ष ३८ की महिलालाई ट्युवेलमा नै जवरजस्ती करणी गरेका हुन् । खाना खाई घरबाहिर ट्युवेलमा भाँडा माझिरहेको अवस्थामा गणेशले मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
आज साँझ जिल्ला प्रहरी कार्यालय झापामा आई पीडितले लिखित जाहेरी दिएपछि प्रहरी चौकी शरणामतिबाट टोली खटिएर गणेशलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिइ जिप्रका झापातर्फ ल्याउने तयारी भइरहेको र पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।






