Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

झापा, २४ भदौ २०८३ । झापाको भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्दा थिचिएर एकजना श्रमिकको मृत्यु भएको छ । हिजो दिउँसो १२:४५ बजे भद्रपुर- ५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको नयाँ भवनमा काम गर्ने कामदारको मार्वलले थिचिएर मृत्यु भएको हो ।

काठमाण्डौ महानगरपालिका तत्काल वडा नम्बर नखुलेको कोटेश्वर राम मन्दिर बस्ने बर्ष ३१ का राजेन्द्र खड्काले मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्वल अनलोड गर्ने क्रममा मार्वलले जिउमाथि थिँचिदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगी चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी गराउनसाथ प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको र मृतकको आफन्तसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया