काठमाडौँ, २४ भदौ २०८३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन् ।
नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि न्याम्सको उपकुलपतिमा प्रा।डा।विकेक आचार्यलाई नियुक्त गरिएको थियो । उपकुलपति आचार्यको सिफारिसमा मन्त्रालयले अन्य पदाधिकारी नियुक्त गरेको हो ।
यससँगै न्याम्समा रिक्त रहेका पदाधिकारको पदपूर्ति सम्पन्न भएको छ ।






