Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

काठमाडौँ, २४ भदौ २०८३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका तीन वटा स्थानीय तहमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा।अभियान गौतमका अनुसार जेई सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
उनका अनुसार पहिलो चरणअन्तर्गत झापाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुन लागेको हो । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ ।रासस

तपाईको प्रतिक्रिया