Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

झापा, २३ भदौ २०८३ । ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय तस्कर दमकमा पक्राउ परेका छन् । आज दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक वडा नं. २ बाट लागूऔषधसहित दुई भारतीय तस्करलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष १९ का मोहमद फिरोज र भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष २५ का चन्द्रकुमार मण्डल रहेका छन् । उनीहरुको साथबाट ४१.२३० ग्राम ब्राउन सुगर फेला परेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया