Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १८ भदौ २०८३ । साउदी अरबले साउदी स्वामित्वको तेल बोकेको सुपरट्यांकरमाथि इरानले आक्रमण गराएको भन्दै विरोध गरेको छ ।

उक्त आक्रमणमा दुईजना फिलिपिनो चालकदलका सदस्यको मृत्यु भएको साउदी अधिकारीहरूले जनाएका छन् । साउदीले बुधबार आफ्नो जहाज ‘सिद्र’ होर्मुज जलमार्ग भएर गइरहेका बेला एक सुरक्षा घटनामा परेको पुष्टि गरेको छ ।

सामुद्रिक सुरक्षा एजेन्सीहरूका अनुसार ओमानको मुसन्दम प्रायद्वीपको उत्तरी क्षेत्रमा ‘सिद्र’माथि क्षेप्यास्त्ररगोलाबारी प्रहार भएको बीबीसीले जनाएको छ ।

सोही समयको आसपास मुसन्दमको पूर्वतर्फ दक्षिण कोरियाली स्वामित्वको अर्को सुपरट्यांकर ‘सेनेगल प्रोस्परिटी’माथि पनि आक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया