Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

झापा, १७ भदौ २०८३ । तीन दिनअघि आइतवार राति प्रहरीलाई झुक्याउँदै बिर्तामोड-८ गरामनीबाट हत्कडीसहित फरार भएका आरोपी पक्राउ परेका छन् ।

गएराति ८:३० बजेतिर भद्रपुरको धनुषमोडबाट भद्रपुर-१० का सन्देश हस्दालाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । चोरी गरेको आरोप लागेका हस्दा हत्कडीसहित फरार भएका थिए । हत्कडी फुकालिसकेको अबस्थामा उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

आइतवार राति ११ बजेतिर अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले साइकल चोरी गरेको आरोपमा हस्दालाई पक्राउ गरेको थियो ।पक्राउ गरी हत्कडी लगाइसकेर ल्याउँदै गरेको अबस्थामा प्रहरीबाट फुत्किएर हस्दा फरार भएका थिए ।

 

तपाईको प्रतिक्रिया