Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १७ भदौ २०८३ । रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै वाणिज्य बैंकहरू, विकास बैंकहरू, वित्त कम्पनीहरू र लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकलाई यस्तो वित्तीय सुविधा दिन भनेको हो । “प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोगरसहजीकरण गर्ने व्यवस्था मिलाउनू,” केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया