झापा, ९ भदौ २०८३। युवती राखेर यौन व्यवसाय संचालन गरिरहेको गुनासो बढेपछि प्रहरीले मेची आँखा अस्पताल सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ । त्यसक्रममा तीनजना होटल संचालकसहित १३ जना पक्राउ परेका छन् ।
गएराति ८ बजेदेखि मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीनजना होटल संचालक , चारजना पुरुष ग्राहक र ६ जना युवती पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । संचालकहरु होटल सेभेन इनका प्रकाश घिमिरे,होटल आसामका विकास गिरी र होटल उमानन्दका शैलेस खड्का पक्राउ परेका छन् । प्रहरीले होटल सेभेन इन , आसाम,उमानन्दलगायतका होटलमा छापा मारेको थियो ।
अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेशन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसायसंगै लागूऔषधको कारोबार पनि हुने गरेको छ । सैनिकमोड क्षेत्रमा साना ठूला गरी करिव ५० वटा होटल रहेका छन् ।






