Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

झापा, २१ साउन २०८३ । विभागीय कारबाहीमा परेका झापा र सुनसरीका दुवै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले झापा र सुनसरीसहित ३३ जना एसपीहरूको आज सरुवा गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ। नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लङ्घन गरेको आरोपमा

सशस्त्र प्रहरी बल, नेपाल झापाका एसपी जोशी र सुनसरीका एसपी कार्की मुख्यालयले छानबिन एवं अनुसन्धानको दायरामा काठमाडौँ तानेका थिए । स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख रहेका एसपी अम्बिकाप्रसाद जोशी सशस्त्र प्रहरीका हवल्दार हरि मगरको बयानपछि अनुसन्धानको दायरामा परेका हुन् । मगर सशस्त्र प्रहरी बलको ३८ नम्बर रिजर्भ गण हेडक्वार्टर पाडाजुंगीमा कार्यरत रहँदा झापामा घुमुवाका रूपमा परिचालित थिए । उनले आफूले कोबाट कति रकम उठाएर कसलाई बुझाउने गरेको भन्ने विवरण बयानमा खुलाएको स्रोतको दाबी छ। त्यही बयानका आधारमा एसपी जोशीमाथि घुमुवा परिचालन गरेर तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै असुली धन्दा सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीलाई सशस्त्र प्रहरीका जवान पारस यादवलगायतका कर्मचारीको बयानपछि मुख्यालय बोलाइएको स्रोतले जनाएको छ । उनीमाथि घुमुवा परिचालन गरेर नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाइन सञ्चालन गरेको आरोप थियो ।

झापाका एसपी जोशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावानिसी बाहिनी मुख्यालय रुपन्देही सरुवा गरिएको छ । उनको ठाउँ झापामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत सचिन कर्माचार्यलाई झापा पठाइएको छ । सुनसरीका एसपी कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दाघाट नवलपरासी सरुवा गरिएको छ । उनको ठाउँ सुनसरीमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत एसपी तीर्थबहादुर थापालाई पठाइएको छ ।टाईम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया