Online Bichar
शनिबार, साउन ०९, २०८३ | Saturday, July 25, 2026

नयाँ दिल्ली, ८ साउन २०८३ । भारतमा जारी कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका कारण नयाँ दिल्ली मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।

दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले सामाजिक सञ्जाल एक्समार्फत नयाँ दिल्ली मेट्रो स्टेशन तत्कालका लागि बन्द गरिएको जानकारी दिएको हो।

डीएमआरसीका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त स्टेशनमा इन्टरचेन्ज ९लाइन परिवर्तन० सेवा पनि उपलब्ध हुने छैन। यात्रुमा पर्न गएको असुविधाप्रति डीएमआरसीले क्षमायाचना गरेको छ।

शुक्रबार जन्तर-मन्तर क्षेत्रमा भइरहेको सीजेपीको प्रदर्शनका कारण दिल्ली मेट्रोका १८ वटा स्टेशन बन्द गरिएको डीएमआरसीले जनाएको छ। यसअघि बिहान ७:३० बजे १७ वटा स्टेशन बन्द गरिएको थियो। केही घण्टापछि नयाँ दिल्ली मेट्रो स्टेशन पनि बन्द गरिएसँगै बन्द हुने स्टेशनको संख्या १८ पुगेको हो।

बन्द गरिएका अन्य स्टेशनमा लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सुप्रीम कोर्ट, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, सेन्ट्रल सेक्रेटेरिएट, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग, शिवाजी स्टेडियम र झण्डेवालन रहेका छन्।

 

तपाईको प्रतिक्रिया