Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, कृषिको विकास, आधुनिकिकरण र ब्यवसायिकरणले देशको चौतर्फी विकास र समबृद्धीको ढोका खोल्ने संसद हिक्मत कार्कीले बताएका छन् । झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ (१) का प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कार्कीले आज किस्ने खोला सिंचाई जल उपभोक्ता संस्था गौरादहको तेस्रो बर्षिक साधारण सभामा सो बिचार ब्यक्त गरेका हुन् ।
किस्ने खोला सिंचाई जल उपभोक्ता संस्था गौरादहका अध्यक्ष चिरन्जिवि दहालको सभापतित्वमा वार्ड नं. १ को सभाहलमा सम्पन्न साधारण सभामा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहको बिशेष अतिथ्यता रहेको थियो ।
चार बर्ष अघिबाट निर्माण सुरु भई गत बर्ष बाट सिंचाई सुचारु गरेको सो आयोजनाको शाखा नहरहरु निर्माणको बाँकि काम पनि छिटो सम्पन्न गरिने उपभोक्ता संस्थका अध्यक्ष दहालले बताए । उनका अनुसार नगरपालिकाका वार्ड नं. १ मा निर्माण सम्पन्न भएकोे सिंचाई आयोजनाबाट गौरादहका ३ वटा वार्ड १, २ र ३ का कृषकहरु सिंचाई सुबिधाबाट लाभान्वित छन् ।
कार्यक्रममा अध्यक्ष दहालले संस्थाको प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष झुमा गौलीले आर्थिक प्रतिवेदन पेश गरेकिथिइन् । अतिथि तथा जिल्ला सिंचाई डिभिजन कार्यलय झापाका इन्जिनियर दुर्गा पोखरेल, उपभोक्ताको तर्फबाट देबेन्द्र कुमार खड्का लगाएतले साधारणसभामा मन्तब्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष गोबिन्दबहादुर खड्काले स्वगत मन्तब्य राखेको सो साधारणसभाको संचालन संस्थाका सचिव भरत अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया