Online Bichar
आइतबार, साउन ०३, २०८३ | Sunday, July 19, 2026

झापा, २ साउन २०८३ । औषधी व्यवस्था विभाग बिराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले झापाका विभिन्न औषधी पसलहरुको अनुगमन गरि ४ वटा औषधी पसल सिल गरेका छन् ।

दुवै कार्यालयले तीन दिनसम्म झापाको भद्रपुर, बिर्तामोड , कचनकबल र दमकका ४७ वटा औषधी पसलको संयुक्तरुपमा अनुगमन गरेका थिए ।

सिल गरिएका औषधी पसलहरुमा भद्रपुरको श्रृजना फार्मेसी , चन्द्रगढीको निदान आयुर्वेद मेडिकल, कचनकबलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक रहेका छन् ।

अनुगमनका क्रममा श्रृजना मेडिकल हल भद्रपुरले एउटा लाईसेन्सबाट २ वटा पसल संचालन गरेको , निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र देखाउन नसकेको, अमिला मेडिकल हलले व्यवसायीको अनुपस्थितिमा फार्मेसी संचालन गरेको तथा पसल दर्ता नवीकरण म्याद गत बर्ष सकिएको र सापकोटा हेल्थ क्लिनिकले दर्ता नगरी फार्मेसी संचालन गरेको पाईएको औषधी व्यवस्था विभाग बिराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।

प्रादेशिक अस्पताल भद्रपुर अगाडिका दुईवटा औषधी पसल भद्रपुर मेडिकल हल र खरेल फार्मेसी अनुगमनका बेला बन्द रहेको हुँदा विभागमा उपस्थिति हुन पत्र काटिएको छ ।

 

तपाईको प्रतिक्रिया