Online Bichar
आइतबार, साउन ०३, २०८३ | Sunday, July 19, 2026

काठमाडौं, २ साउन २०८३ । नारायणगढ–मुग्लिन सडकखण्डमा सबै किसिमका सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार (साउन २) राति १० बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मलाई उक्त सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

“धादिङलगायत छिमेकी जिल्लाहरू तथा यस जिल्लाका विभिन्न स्थानहरूमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको छ,” चितवन प्रशासनको सूचनामा भनिएको छ, “रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुन सक्ने जोखिम समेतलाई मध्यनजर गरी आज (साउन २) राति १०ः०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ–मुग्लिङ–काठमाडौं सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनहरूको आवागमनमा रोक लगाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।”

तपाईको प्रतिक्रिया