Online Bichar
शनिबार, साउन ०२, २०८३ | Saturday, July 18, 2026

झापा, १ साउन २०८३ । झापामा एक वर्षमा सवारी दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा झापामा जम्मा २ हजार १९७ वटा दुर्घटना हुँदा त्यति धेरैको मृत्यु भएको हो । दुर्घटनामा परी १११ जना गंभीर घाइते र २ हजार ४६४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

एक वर्षमा २४ हजार ६८० सवारी साधनलाई कार्वाही गर्दा २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि १ हजार ८२६ वटा जनचेतना कार्यक्रम गरिएको र त्यसबाट ६७ हजार ५९३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा दुर्घटनामा परी मानवीय क्षति कम भएको हो ।
आर्थिक वर्ष २०८१–८२ मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका थिए ।

 

तपाईको प्रतिक्रिया