Online Bichar
शनिबार, साउन ०२, २०८३ | Saturday, July 18, 2026

काठमाडौं, १ साउन २०८३ । संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ । उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ६० दिनभित्र विवरण बुझाउन भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा (१) को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।

आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सासहितको विवरण खामबन्धि गरेर बुझाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया