Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिप्लबको कडा चेतावनी सहितको बिज्ञप्ति

तेजेन्द्र के.सी.
बुटवल, २३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शिवगढीमा प्रहरी प्रशासनले सर्वसाधारणमाथि दमन गरेको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहीबार प्रहरी प्रशासनले सर्वसाधारणको घरमा अप्रेसन चलाएको आरोप लगाएको हो ।

प्रहरीको विशेष टोलीले विहीबार विहान विप्लवका कार्यकर्ता यादव चन्दको घरमा सर्च अपरेशन गरेको थियो र अन्य केही घरमा छापा मारेको थियो । प्रहरी अप्रेसनका क्रममा स्थानीय दुर्गाबहादुर रोक्का घाइते समेत भएका थिए ।

सो पार्टीको कपिलवस्तु जिल्ला ईन्चाज र प्रदेश व्युरोले छुटाछुटै प्रेश विज्ञप्ति जारी गर्दै घाईते रोक्का सर्वसाधरण भएको दावी गरेको हो । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरीको प्रेस नोटमा नेकपा(विप्लव)समुहका कार्यकर्ताहरु लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा त्यहाँ अप्रेसन चलाइएको दाबी गरिएको छ ।

प्रेस नोटमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्च गर्ने क्रममा स्थानीय ४० वर्षीय दुर्गाबहादुर रोक्काको घरमा खानतलासी भाग्ने क्रममा गोली लागेको उल्लेख छ ।

गोली लागि घाइते भएका उनलाई उपचारको लागि बुटवल पठाईएको समेत प्रहरीले जनाएको छ । त्यस्तै सो घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको समेत जनाइएको छ ।

बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा राखिएका रोक्कासँ कुराकानी गर्न र तस्विर खिच्चको लागि प्रहरीले अवरोध गरेको छ । छापा मार्ने क्रममा प्रहरीले एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउण्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गरिएको जनाएको छ ।

त्यस्तै माक्र्सवाद, लेनिनवाद, माओवाद जिन्दावाद, जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ न.कम्पनी लेखेको ब्यानर १ थान समेत फेला पारिएको प्रहरीले जनाएको छ । सो घटनामा स्थानीयवासीले ढुङ्गाले प्रतिकार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया