Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

काठमाडौं, ३० असार २०८३ । अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानी बन्दरगाहहरू लक्षित अमेरिकी नौसैनिक नाकाबन्दी मंगलबारदेखि औपचारिक रूपमा लागु हुने जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तत्काल सुरु हुने बताएका थिए ।

सेन्ट्रकमका अनुसार नाकाबन्दी १४ जुलाई अमेरिकी समय अनुसार अपराह्न ४ बजेदेखि सुरु हुनेछ । अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेन्ट्रकमका बलहरूले इरानी बन्दरगाह तथा तटीय क्षेत्रतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूमाथि नाकाबन्दी लागु गर्नेछन् ।”

विज्ञप्तिमा नाकाबन्दीको दायरामा नपर्ने अन्य जहाजहरूको सुरक्षित आवतजावतलाई भने अमेरिकी नौसैनिक बलले निरन्तर सहयोग गर्ने उल्लेख छ ।

ओमानको खाडी र होर्मुज जलमार्ग आसपास सञ्चालन गर्ने सबै जहाजलाई सुरक्षा प्रसारणहरू नियमित रूपमा निगरानी गर्न तथा अमेरिकी नौसैनिक बलसँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।

होर्मुजमा अमेरिकी करको कानुनी आधार नरहेको राष्ट्रसंघीय एजेन्सीको भनाइ

राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूबाट अमेरिकाले शुल्क (कर) उठाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन ९आईएमओ०ले यस्तो कदमको कानुनी आधार नभएको जनाएको छ ।

आईएमओका प्रवक्ताले भने, “अन्तर्राष्ट्रिय नौवहनका लागि प्रयोग हुने जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट अनिवार्य शुल्क असुल गर्ने व्यवस्थाको आईएमओले सधैँ विरोध गर्दै आएको छ ।” बीबीसी

 

तपाईको प्रतिक्रिया