काठमाडौं, ३० असार २०८३ । जुलाईको सुरुआतमा अरब सागरमा भएको अमेरिकी नौसेनाको हेलिकोप्टर दुर्घटना भएको छ । त्यसमा एक पाइलटको मृत्यु भएको खुलासा भएको छ ।
यो घटनापछि इरानसँग सम्बन्धित सैन्य द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु संख्या १४ पुगेको समाचार संस्था एपीले जनाएको छ । यससँगै घाइते हुने सैनिकको संख्या ४१४ पुगेको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जुलाई १ मा अरब सागरमा भएको हेलिकोप्टर दुर्घटनामा एक नौसेना पाइलटको मृत्यु भएको थियो । नौसेनाले सुरुमा उक्त घटनालाई आपतकालीन अवतरण भनेको थियो । दुर्घटना कुनै शत्रुतापूर्ण कारबाहीका कारण भएको प्रमाण नभेटिएको जनाएको थियो । हेलिकोप्टरमा रहेका अन्य तीनजनालाई भने सुरक्षित उद्धार गरिएको थियो । एबीसीन्युज






