Online Bichar
मंगलबार, आषाढ ३०, २०८३ | Tuesday, July 14, 2026

झापा, २९ असार २०८३ । झापाको दमकबाट मोबाइल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न कम्पनीका चोरी भएका ७ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार असार २७ गते साँझ करिब ६ बजे दमक नगरपालिका–६ स्थित सल्लेरीबजारमा सन्तराज सुवेदीको सामसुङ मोडेलको मोबाइल आफैंले प्रयोग गर्ने क्रममा चार्जमा राखिएको अवस्थामा चोरी भएको थियो । घटनापछि अनुसन्धान थालेको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दमक नगरपालिका–२ निवासी २५ वर्षीय पुष्कर पौडेललाई घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका पौडेलको घरमा खानतलासी गर्दा विभिन्न मितिमा चोरी गरी लुकाइछिपाइ राखिएका विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पौडेलविरुद्ध झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया