Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २३ फागुन । नेपाल प्रहरीले झापाको गौरादहमा आज जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जनता माध्यमिक विद्यालय गौरादह १ मा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी प्रशिक्षण चलाईको इप्रका गौरादहका इनचार्ज विनोद श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यलय दमकको संयोजकत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको सो प्रशिक्षणमा विद्यालयका विद्यार्थी, विद्यालय संचालक समिति, शिक्षक तथा गौरादहका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं १ प्रदेश प्रहरी कार्यलयका प्रहरी बरिष्ठ उपरिक्षक किशोर कुमार दाहाल रहेका थिए । बरिष्ठ उपरिक्षक दाहाल स्वयंले कार्यक्रममा विषय प्रस्तुतीको सहजिकरण समेत गरेका थिए ।

कार्यक्रममा लागु औषध नियन्त्रण, साइबर अपराध नियन्त्रण, सडक सुरक्षा लगाएतका बिषयमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गरिएको सहभागि सुमन दहालले बताए । बिषय प्रस्तुती प्रहरी निरिक्षक दलबहादुर राई, पुर्व प्रहरी मोहन बोगटी लगाएतले श्रब्य दृस्य बिद्युतीय माध्यमको प्रयोग सहित सहजीकरण गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रमका विशेष अतिथि गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहा, प्रज्जवल कलेजीएट एकेडेमी गौरादहका क्याम्पस प्रमुख सुरेश बहादुर पौडेलले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम जनता माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया