Online Bichar
सोमबार, आषाढ २९, २०८३ | Monday, July 13, 2026

काठमाडौं, २८ असार २०८३ । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति मुलुकका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा भने अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले भारतीदेखि अति भारी वर्षा हुँदा गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सूचनाहरूमा अद्यावधिक रहन पनि आग्रह गरेको छ ।

महाशाखाले वर्षाका कारण ूदैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोधू गरेको छ ।

तपाईको प्रतिक्रिया