फिनल्यान्ड, २८ असार २०८३ । फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारत हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ । गत ५ मेदेखि बेपत्ता रहेका मणिदीपको शव करिब दुई महिनापछि भेटिएको परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार पुष्टि गरेका छन् ।
परिवारका तर्फबाट वकिल कुमारले घटनाको अनुसन्धानमाथि प्रश्न उठाउँदै यो मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । दुई महिनासम्म शव नभेटिनु र अनुसन्धान प्रभावकारी ढंगले अघि नबढ्नुले धेरै आशंका उत्पन्न गरेको उनले बताएका छन् । परिवारले घटनाको निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ ।
भारतीय दूतावासले परिवारलाई दियो जानकारी
फिनल्यान्डस्थित भारतीय दूतावासले जुलाई १० मा मणिदीपका परिवारलाई हेलसिन्कीको समुद्री क्षेत्रमा फेला परेको शव मणिदीप रेड्डी गुज्जाकै भएको पुष्टि गर्दै आधिकारिक जानकारी दिएको थियो । मणिदीपका बुबा जी. मुथ्यम रेड्डी र आमा ममता रेड्डीले छोराको खोजीका लागि तेलंगाना उच्च अदालतमा समेत निवेदन दिएका थिए । अहिले परिवारले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र न्याय दिलाउन माग गरिरहेको छ ।
लाहटी क्याम्पसमा पढ्दै थिए इन्जिनियरिङ
मणिदीप फिनल्यान्डको लापेनरान्टा–लाहटी युनिभर्सिटी अफ टेक्नोलोजीको लाहटी क्याम्पसमा इन्जिनियरिङ स्नातक प्रथम वर्षमा अध्ययनरत थिए । उनी लाहटी शहरको रितानीमेनकाटू क्षेत्रमा बस्दै आएका थिए । परिवारका अनुसार उनी सन् २०२५ मा उच्च शिक्षाका लागि फिनल्यान्ड गएका थिए । आमा ममता रेड्डीका अनुसार ५ मेमा मणिदीपले फोन गरेर ५ हजार रुपैयाँ मागेका थिए । उनले तुरुन्तै रकम उनको खातामा पठाइदिइन् । तर त्यसको केही घण्टापछि उनी सम्पर्कविहीन भएका थिए ।
हेलसिन्की पुगेपछि सम्पर्कविहीन
फिनिस प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मणिदीपले करिब २,५०० रुपैयाँ खर्च गरेर लाहटीबाट करिब १०० किलोमिटर टाढा रहेको हेलसिन्कीसम्म बस यात्रा गरेका थिए । हेलसिन्की पुगेपछि उनी एउटा लोकप्रिय रेस्टुरेन्टमा खाना खाएको र एक सपिङ मलमा घुमिरहेको सीसीटीभी फुटेजमा देखिएको थियो । अन्तिम पटक उनलाई सपिङ सेन्टरतर्फ जाने बाटोमा हिँडिरहेको अवस्थामा देखिएको थियो । त्यसपछि उनको मोबाइल फोन बन्द भयो र उनीसँग कुनै सम्पर्क हुन सकेन ।
परिवारका अनेक प्रश्न
घटनापछि मणिदीपका बुबा–आमाले लगातार प्रश्न उठाइरहेका छन्–उनी अचानक लाहटीबाट हेलसिन्की किन गए रु उनीमाथि कुनै दबाब थियो रु कसैसँग दुश्मनी थियो रु वा अन्य कुनै कारण थियो रु आमा ममता भनिन्, ‘हामीलाई छोरालाई वास्तवमा के भयो भन्ने थाहा छैन । उसले केवल सानो रकम मागेको थियो, त्यसपछि अचानक बेपत्ता भयो ।’






