Online Bichar
मंगलबार, आषाढ ३०, २०८३ | Tuesday, July 14, 2026

काठमाडौं, २८ असार २०८३ । कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ । उनको आइतबार बिहान ७४ वर्षको उमेरमा निधन भएको कतार सरकारले जनाएको छ । थानी १९९५ देखि २०१३ सम्म कतारका अमिर थिए ।

बीबीसीका अनुसार, थानीलाई आधुनिक कतारको निर्माणमा प्रमुख व्यक्तित्वहरू मध्ये एक मानिन्छ । उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो ।

उनको शासनकाल सन् १९९६ मा अलजजीरा इन्टरनेसनल नेटवर्क सुरु गरिएको थियो । उनले सन् २०१३ मा आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरे, जो हाल कतारका अमिर छन् ।

 

तपाईको प्रतिक्रिया