Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

झापा, २७ असार २०८३ । झापाको सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर लगायतका क्षेत्रमा बालबालिकाका सुनका मुन्द्रा चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आज (शनिबार) बिहान करिब ८ बजे सुरुङ्गा पश्चिम बस स्ट्यान्डबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं ९ संगम चौक घर भएका बिजु भनिेने विजय दर्जी रहेका छन् । शिवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया