Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

उत्तम पौडेल

पोखरा, २३ फागुन । पोखराको विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्टलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । गत वैशाखदेखि निर्माण शुरु गरिएको साे लिफ्ट ६० फिट अग्लो रहेको छ ।

हुण्डाई मोटर कम्पनी, दक्षिण कोेरिया तथा लक्ष्मी गुप नेपालको सहकार्यमा निर्माण भएको लिफ्टलाई राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले लिफ्टले पोखराको धार्मिक क्षेत्रमा एउटा छुट्टै महत्व दिने बताउनुभयो ।

जेष्ठ नागरिकलगायत समाजका सबै पक्षका लागि विन्ध्यवासिनी धार्मिक विकास समितिले नयाँ नयाँ कार्य गर्न सकोस भनेर शुभकामना पनि दिनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ , पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलगायतले मन्तब्य राख्नुभएको थियो ।

विन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई सहज होस् भनेर लिफ्ट राखिएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर चढ्दा सिँढी उक्लनु पर्ने र मोटो शरीर भएका, अपाङ्ग, वृद्धवृद्धाका लागि असहज हुने भएका कारण मन्दिर चढ्ने ठाउँमा लिफ्टको व्यवस्था गरिएको हो ।

करिब एक करोडको लागतमा बनेको यो लिफ्टले धेरै भक्तजनलाई सहज हुने समितिले जनाएको छ ।

न्युज२४बाट

तपाईको प्रतिक्रिया