Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

धर्वेन्द्र कुमार यादव,

औरही, २३ फागुन । नेपालमा आर्थिक र शैक्षिक रुपमा अति पिछडिएको समुदायमा चिनिने एक मुसहरले प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका छन् । महोत्तरीको भङ्गहा नगरपालिका ९ हथरसवा बस्ने मुनिलाल सदा मुसहरले प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका हुन् ।

मुनिलाल र सोही ठाउँ बस्ने लक्ष्मेश्वर यादवले संयुक्त रुपमा ५ कठ्ठा १२ धुर जग्गा प्रहरी चौकी जमुनियाको नाउँ नामसारी गरी जग्गा धनी प्रमाण पुर्जा जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाएका थिए । उनीहरुले महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई जग्गा धनी प्रमाण पुर्जा बुझाएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गाउँमा अपराध नियन्त्रण गर्न प्रहरीको आवश्यकता महसुस भएपछि प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराएको उनीहरुले बताए । मुसहर समुदाय नेपालमा गरिबीको उपनाम पाइरहेका बेला मुनिलालले जग्गा दान गरेको प्रति निर्क हर्षको अनुभूति गरिरहेको प्रउ कार्कीले बताए ।

तपाईको प्रतिक्रिया