Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

काठमाडौं, २५ असार २०८३ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।

 

 

 

तपाईको प्रतिक्रिया