Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २३ फागुन । सामाजिक अभियान्ता तथा हास्य कलाकार धुुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेटसम्बन्धि गीत सार्वजनिक गरेका छन् । ‘युद्धको मैदान’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक द्वयकै छ ।

गीतको भिडियोमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका लागि घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङगशालाको डिजाइनलाई प्ले गर्नुका साथै नेपाली क्रिकेटका केही खेलका फुटेजसमेत प्रयोग गरिएको छ ।

धुर्मुस र सुन्तली भने भिडियोमा कतै पनि देखिएका छैनन् तर गायक द्वय सत्यस्वरुप भने लिप्सिङमा देखिन्छन् ।

गीतमा क्रिकेट खेललाई नेपालको पहिचान, सान र मानका रुपमा चित्रित गर्ने प्रयास गरिएको छ । चितवनमा निर्माणका लागि घोषणा गरिएको अन्तर्राष्ट्रि स्तरको रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस सुन्तली सहयोग जुटाइरहेका छन् ।

यो गीत धुर्मुस सुन्तलीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया