Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २३ फागुन । कपिलवस्तुमा प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो ।

गोली लागेर नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएको कपिलवस्तुका एसपी अच्यूत पुडासैनीले जानकारी दिए । प्रहरीले रोकाको सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा भागेपछि गोली प्रहार गरेको र उनको खुट्टामा गोली लागेको एसपी पुडासैनीले जानकारी दिए ।

घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पुडासैनीका अनुसार रोकाको घरबाट अत्याधुनिक २ थान एसएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।

तपाईको प्रतिक्रिया