Online Bichar
सोमबार, आषाढ ०८, २०८३ | Monday, June 22, 2026

काठमाडौं, ७ असार २०८३ । श्रीमतीको अनुहारमा तातो तेल प्रहार गर्ने युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयल कञ्चनपुरको टोलीले अशोक भट्टलाई उक्त आरोपमा पक्राउ गरेको हो ।

३४ वर्षीय भट्टमाथि २०८२ पुस १५ गते कञ्चनपुर भीमदत्त नगरपालिका–८, तिलाचौरस्थित घरको भान्साकोठामा सेलरोटी पकाउँदै गरेकी श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याएको आरोप छ ।

घटनालगत्तै फरार भएका भट्टलाई प्रहरीले घटनाको ५ महिनापछि शनिबार पक्राउ गरेको कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।

पक्राउ परेका अशोकमाथि प्रहरीले तेजाब वा अन्य रासायनिक जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुरमा अनुसन्धान थालेको छ ।

 

तपाईको प्रतिक्रिया