Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, ७ असार २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भोट दिएको बताएका छन्।

‘बालेनले राजा ल्याउँछन्’ भनेर राजाका समर्थकहरूले पनि भोट दिएको उनको भनाइ छ।

‘नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि चुनावमा बालेनलाई भोट दिएका छन्। तर, उनीहरूले ‘बालेनले राजा ल्याउँछन्’ भनेर भोट दिएका हुन्,’ उनले भने।

उनले रास्वपालाई जनताले जनमत दिएकाले त्यसको जिम्मेवारी निभाउन आग्रह गरे। उनले निषेध राजनीतिभन्दा पनि नयाँ तरिकाले राजनीतिक बाटो तय गरिनुपर्ने बताए।

‘फेरि निषेधको बाटो रोजियो भने पुरानै ठाउँतिर पुगिन्छ। त्यसैले राजनीतिलाई नयाँ तरिकाले अघि बढाउन आग्रह गर्दछु। राप्रपा तपाईंहरूको शुभेच्छुक भएर साथ दिन्छ। तपाईंको गलतमा खबरदारी पनि गर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया