Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २२ फागुन । मंगलबार सहिद दिवसको अवसरमा झापाको सुखानी जानुभएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले झपामा वडा कमिटीको नेतृत्व चयन गर्नू भएको छ । प्रधानमन्त्री ओलीको गृह जिल्ला समेत रहेको झपामा वडा कमिटीको नेतृत्व चयन गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय एकतामा टुगिंएको हो ।

नेकपाको जिल्ला कार्यदलले झपाको शिवसताक्षी नगरपालिकाका ११ वटा वडा वाहेकका १२० वटा वडामा वडा कमिटी गटन गरि अध्यक्ष र सचिवको कार्य्विभाजन तोकेको हो । जिल्ला भरको वडाको नेतृत्व तत्कालिन अवस्थामा एउटाले अध्यक्ष र अर्कोले सचिव पाउने गरी तय गरिएको बताइएको छ ।

शिवसताक्षी नगरमा पनि तत्कालिन एमालेले वडा नम्वर १, ३, ५, ७, ९, १० र ११ नम्वरमा अध्यक्ष र तत्कालिन माओवादी केन्द्रले २, ४, ६ र ८ नम्वर वडामा अध्यक्ष पाउने गरी कार्यदलमा सहमति भएको छ ।

सोमबार पार्टी जिल्ला कार्यालयमा बसेको कार्यदलको बैठकले जिम्मेवारी दिने स्थानीय नेताको नामावलीमा सहमति गरेको थियो भने बुधबार(आज)वडा नेतृत्वको नामावली सुखानीमा सार्वजनिक हुँने कार्यक्रम रहेको छ ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया