काठमाडौं, ५ असार २०८३ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । त्यहाँ रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको हो ।
“राष्ट्रिय प्रकृति संरक्षण कोष–सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखिएकोले आमसर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ,” सदर चिडियाखानाद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।
अवलोकनकर्तालाई बर्डफ्लु नसरोस् भनेर चिडियाखाना बन्द गर्नुपरेको सदर जनाइएको छ ।
“यसबाट दर्शकहरूमा पर्न गएको असुविधाको लागि सदर चिडियाखाना क्षमाप्रार्थी व्यक्त गर्दछ,” सूचनामा भनिएको छ ।






