काठमाडौं, ५ असार २०८३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।
बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।
नियमिततर्फ ग्रेड प्राप्त प्रतिशत ६९.७५ छ । आंशिकतर्फ ग्रेड प्राप्त प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ ।
यस्तै, यस वर्ष कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए ।
गएको वैशाख १४ देखि २७ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो ।यस वर्ष कक्षा–१२ का ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा–१२ को नतिजामा उक्त संख्यामा परीक्षार्थीको परीक्षा रद्द गरिएको उल्लेख छ ।
नियमिततर्फका ३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । आंशिकतर्फ १० गरी कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
कक्षा–१२ को परीक्षामा यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।
गएको वैशाख १४ देखि २७ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो ।






