Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, २२ फागुन । नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन्।

निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन्।

निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ खरीद गरी ग्यासको बिक्री वितरण सहज बनाउने समझदारी भएको थियो । एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्ग्चित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी भएको छ ।

व्यवसायीले पिडिओ खरीद नगर्दा ग्यासको आयात बन्द भएको थियो । आयात ठप्प भएपछि बजारमा ग्यासको असन्तुलन देखिएको थियो। हाल नेपालमा ५९ वटा ग्यास उद्योग रहेका छन् । ती उद्योगले भारतका पारादिप, हल्दिया, बरौनी र मथुरामा रहेको रिफाइनरीबाट ग्यास लोड गर्दै आएका थिए ।

रासस

तपाईको प्रतिक्रिया