Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

शिवम मिश्र (प्रशान्त)
विराटनगर, २१ फागुन । विराटनगरको जामुनगाछी चौकमा निर्माणाधिन सडक स्थानीयले अबरुद्ध पारेका छन् । वषौँदेखि निर्माणाधिन सडक समयमै नबनेको भन्दै स्थानीयले अबरोध गरेका हुन् । धुलोका कारण समस्या भएको बिरोधमा स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

एक वर्ष अगाडि नै भत्काएको बाटो अहिलेसम्म नबन्दा स्थानीयलाई समस्या परेको बताएका छन् । बाटोबाट उड्ने धुलोले आम नागरिकलाइ असर गरिरहेको र बिरामी बढ्दै गएको भन्दै सर्वसाधारणले बाटो बन्द गरेका हुन । स्थानीयले पटक पटक बिराटनगर महानगरपालिकालाई जानकारी गराउँदा समेत वेवास्ता गरेको भन्दै आक्रोशित भएको हुन् ।

स्थानीयले सोमबार दुई घण्टा सडक अबरुद्ध गर्दै बन्द गराएका उनीहरुले मंगलबार बिहानै १० बजेदेखि बाटो बन्द गरेका हुन् । बाँसको ढाटले बन्द गरेको सडकबाट स्कुल बस बाहेक कुनै सवारी साधनहरुलाइ स्थानीयले आवत–जावत गर्न दिएनन् । बाटो खुलाउने बारेमा स्थानीय प्रहरी बिच केही बेर विवाद समेत भएको थियो ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देबेन्द्रराज पोखरेलले सडक अबरोध भएको बारेमा आफुलाई जानकारी नै नभएको बताए । उनले सडकमा मुद्दा परेकोले सो सडक सम्बन्धि मुद्दा उच्च अदालतसम्म पुगेको जानकारी दिए । अदालतमा मुद्दा परेपछि सडकको काम रोकिएको थियो । आफ्नो जग्गा धेरै जाने भएपछि स्थानीय केही ब्यक्तिले सडक बिस्तार बिरुद्ध अदालत गएका थिए ।

तपाईको प्रतिक्रिया