Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २१ फागुन । गौरादह ७ को नेपाल सितोरियो कराते ग्वालडुब्बा डोजो वडा समितिलाई खेलकुद सामग्री वितरण गरिएको छ । गौरादह नगरपालिका वडा नं. ७ को वडाकार्यालयले सितोरियो कराते खेल सँग सम्बन्धित खेलाडीहरुलाई आवश्यक पर्ने सामग्री वितरण गरेको हो ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि डोजो समितिलाई ग्लोभस, प्याड र चेष्ट प्याड करिब १२ हजार मूल्य बराबरको सामग्री वितरण गरेको थियो । सितोरियो कराते ग्वालडुब्बा अध्यक्ष भोला चक्रवर्तीको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नं. ७ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बलराम खरेलले वडा भित्र रहेका खेल क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको बताए । त्यसअवसरमा अस्थायी प्रहरी चौकी ग्वालडुब्बा प्रमुख केशव प्रसाद कोइराला, प्रगति मावि का प्रधानाध्यापक मान बहादुर घिमिरे, कराते प्रशिक्षकहरु पदम परियार र खड्ग राईले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया