Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

पोखरा, २१ फागुन । एक जना विदेशीको मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्को एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो।

पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोट मै खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको नाम भने खुलिसकेको छैन ।

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।

तपाईको प्रतिक्रिया