Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २१ फागुन । गौरादह ६ स्थित दामुनामा रहेको राधाकृष्ण शिव पञ्चायन मन्दिरमा सञ्चालन गरिएको महापुराण समापन भएको छ । मन्दिरको नाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको महापुराणमा करिब ११ लाख नगद सहित १०० मन धान र १५ मन चामल संकलन भएको समितिका अध्यक्ष तुलसीदास सिटौलाले जानकारी गराए ।

मन्दिरको अन्य कुनै आम्दानीको स्रोत नभएका कारण मन्दिर संरक्षण र पुजापाठ मा सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन गर्न पुराण सञ्चालन गरिएको समितिका सचिव विपिन ओझाले बताए । हाल सम्म मन्दिर व्यवस्थापन कार्यमा कृतनमण्डलीहरु बाट संकलन गरिएको रकम बाट मन्दिरको कार्य सञ्चालन गरिंदै आएको समितिले जनाएको छ ।

पुराण अवधिभर पण्डित दिपक अधिकारीले कथा वाचन गरेका थिए भने, उपवाचकमा स्थानीय पण्डितहरु मोहन बराल र सोमनाथ पोखरेल रहेका थिए । २०६४ सालमा सोही स्थानमा स्थापना गरिएको मन्दिरमा पुराण सञ्चालन गरेपछी स्थानीय जयप्रकाश ओझाले १ लाख १२ हजार र पराजुली परीवारले ५१ हजार १ सय ११ दान गरेका थिए ।

वडा नंं. ६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा पुराण समापन भएको थियो । वडा सदस्य पार्वता ताजपुरीया, लेखा संयोजक राम प्रसाद न्यौपाने र हरि कृतन मण्डलीका सदस्य गंगा प्रसाद भट्टराईले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया