Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

तेह्रथुम, २१ फागुन । छथर गाउँपालिका(२ हमरजुङको शुक्रबारे बजारस्थित एक घरमा आगलागि हुँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। मंगलबार बिहान ६स्१५ बेजेतिर टुकीबाट आगो बाल्ने क्रममा आगलागी हुँदा २० वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्र्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।

आगलागीबाट सम्झनाकी आमा ५५ वर्षीया राममाया कार्की भने सक्त घाइते भएकी छन्। उनलाई उपचारका लागि वीपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
आमाछोरी मात्र बस्दै आएको सो घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमा
आगो प्रहरी र स्थानियबासीको सक्रियतामा एकघण्टा पछि नियन्त्रणमा आएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया