Online Bichar
बिहिबार, जेठ २१, २०८३ | Thursday, June 4, 2026

झापा, २० जेठ २०८३ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज (बुधबार) बिहान १० बजे इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा साविक दमक नगरपालिका–१३ तथा हाल दमक नगरपालिका–८ निवासी रामकुमार चौधरीका २८ वर्षीय छोरा दिवस भन्ने दिपसन चौधरी रहेका छन्। उनलाई झापा जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा सोही ठाउँको दमक–७ स्थित सिर्पाली टोलमा लुकीछिपी बसेको अवस्थामा घर नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

झापा जिल्ला अदालतको लगत नं. ७/२४५८ तथा २०७७ चैत १९ गतेको फैसलाअनुसार चौधरीलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया