Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।

अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।

प्रतिनिधिसभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया