झापा, २९ असोज २०८३ । झापाको बिर्तामोडमा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा-९ घर भई बिर्तामोड-९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका ३ वर्षीय छोरा हरिराम पाठकको मृत्यु भएको हो ।
आज दिउँसो ४:४० बजे घाँटीमा बिस्कुट सड्किएर सिकिस्त बनेका बालकलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा ल्याई पुर्याएर साँझ ५:१५ बजे डाक्टरले चेकजाँच । गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।






