काठमाडौं, २० जेठ २०८३ । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि सांसद् महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको तयारी भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री र महावीर पुनबीच यसबारेमा छलफल भएको छ । छलफलमा सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्र मार्फत मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।






