Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमान्डौं, २१ फागुन । राहत शिक्षक तथा बालबिकास शिक्षकको आन्दोलनले भएको पठनपाठनमा अवरोध गर्न नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकले आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो ।

बिधार्थीहरुलाई पठनपाठन गतिलो बनाउन र विधार्थीले पढन पाउने अधिकारलाई मिचेर आन्दोलनका कार्यक्रमलाई रोक्न अनुरोध गर्दै निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराएको छ ।

संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायी गर्नुपर्ने माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको जनाइएको छ ।

विज्ञप्तिमा विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित भएर आन्दोलित नहुन सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन्

तपाईको प्रतिक्रिया