Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमान्डौं, २१ फागुन । राहत शिक्षक तथा बालबिकास शिक्षकको आन्दोलनले भएको पठनपाठनमा अवरोध गर्न नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकले आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो ।

बिधार्थीहरुलाई पठनपाठन गतिलो बनाउन र विधार्थीले पढन पाउने अधिकारलाई मिचेर आन्दोलनका कार्यक्रमलाई रोक्न अनुरोध गर्दै निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराएको छ ।

संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायी गर्नुपर्ने माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको जनाइएको छ ।

विज्ञप्तिमा विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित भएर आन्दोलित नहुन सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन्

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments