काठमाडौं, १९ जेठ २०८३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत भएकोले माफी माग्नुपर्ने बताए ।
भारतलाई रिजाउने हिसाबले बोलेको हो की भन्ने शंका उत्पन्न भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले नेपालले भारतको कहाँ, कति भूमि मिचेको हो भन्ने जानकारी दिनुपर्ने उनले बताए ।
यस्तो छ हर्क साम्पाङको भनाइ :
उहाँ (प्रधानमन्त्री) ले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न । उहाँले जे बोल्नुभएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुरक्षामाथि नै खतरा हुने देखिन्छ । त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए, भन्ने कुराहरू आइरहेको छ । उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र रु त्यसरी चिप्लिन पाइन्छ र भन्ने कुरा हो । अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आइतबार बिदाको दिन संसद् राख्नुभएछ, उहाँ बोल्नुभएछ । सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो कि रु त्यो पनि हुनसक्छ । न्युज एजेन्सी नेपाल






