Online Bichar
मंगलबार, जेठ १९, २०८३ | Tuesday, June 2, 2026

काठमाडौं, १९ जेठ २०८३ । प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका निम्ति स्थगन गरिएको छ । मंगलबार पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्षीको माग छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति सच्याउनुपर्ने वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै विपक्षीले बैठक अवरोध गरे । वेलमा पुगेर उनीहरूले नाराबाजी समेत गरे ।

त्यसपछि सभामुखले बैठक स्थगन गरेका हुन् । यही विषयमा विपक्षी अडानका कारण सोमबार पनि संसद् बैठक बस्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया