काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले विद्युत्मा भ्याट उठाउने कुरा स्वीकार गर्दै त्यसको आवश्यकता प्रस्ट्याएका छन् ।
संसद्मा प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री शाहले विद्युत्मा उठाएको भ्याट विद्युत् पूर्वाधारमै खर्च गर्ने बताएका हुन् ।
“अहिले वासिङ मेसिन, फ्रिज इन्डक्सन सहितका उपकरण देशभर सबैले प्रयोग गर्ने हो भने पुरै सिस्टम ध्वस्त हुन्छ । बलियो पूर्वाधार बनाउनका लागि पैसा चाहिन्छ,” शाहले भने, “त्यसमा पाँच प्रतिशत कर उठाउने भनेको हो । यो धेरै ठूलो छैन । तिर्न सकिने गरी नै व्यवस्था भएको छ ।”






