काठमाडौं, १७ जेठ २०८३ । सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न सोध्न हात उठाएका सबै सांसदले प्रश्न सोध्न पाएनन् । दलीय आधारमा एक–एक जनाले प्रश्न सोधेपछि सभामुखले प्रश्नोत्तर कार्यक्रम सकिएको बताए ।
एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृतिका सांसद ध्रुवराज राईलगायतले हात उठाए । सभामुखसँग सवाल-जवाफ पनि भयो ।
त्यत्तिकैमा रास्वपाकी सांसद आशिका तामाङ रिसाइन् । उनले विपक्षी सांसदतर्फ आक्रोश व्यक्त गरिन् । रास्वापाका सांसदहरूले बस्न आग्रह गर्दा पनि मानिनन् । त्यसपछि रास्वापाका सांसदहरूले हात समाएर उनलाई बाहिर लगे ।






